भिमसेन दास प्रधान नेपाली कांग्रेस, काठमाडौं - ६ पुरुष , ६९ बर्ष उम्मेदवारी : प्रतिनिधिसभा सदस्य

त्रिभुवन विश्वविद्यालयको प्राध्यापन छाडेर राजनीतिमा आएका भीमसेनदास प्रधान काठमाडौं–६ बाट लगालग दुईपटक सांसद र एकपटक मन्त्री बने । त्रिविमा नेपाल प्राध्यापक संघको अध्यक्ष रहेका उनी २०६७ सालमा नेपाली कांग्रेस काठमाडौं जिल्ला समितिको सभापति पनि भए ।

प्रधान काठमाडौं कांग्रेसभित्र पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहको पेलाइमा परेका नेताका रूपमा चिनिन्छन् । उनी अर्का नेता कृष्णप्रसाद सिटौलाको गुटबाट २०७४ सालमा रक्षामन्त्री बनेका थिए ।

२०१५ साउनमा जन्मिएका प्रधान रसायनशास्त्रका स्नातकोत्तर हुन् । २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा उनी माओवादी नेता हितमान शाक्यसँग पराजित भए । २०७० र २०७४ मा जितेर दोस्रो संविधानसभा र संघीय संविधान जारी भएपछिको प्रतिनिधिसभामा पुगे ।

प्रधानले २०७० मा नेकपा (एमाले)का योगेश भट्टराई र २०७४ मा एमाले–माओवादी केन्द्र गठबन्धनका उम्मेदवार झक्कुप्रसाद सुवेदीलाई हराएका थिए ।

कांग्रेसले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा पनि काठमाडौं–६ मा प्रधानलाई नै उम्मेदवार बनाएको छ । उनलाई रोक्न एमालेले पूर्वआईजीपी सर्वेन्द्र खनाललाई उठाएको छ । ‘खनालजी न राजनीतिक मान्छे हो न त मेरो लागि चुनौती नै,’ प्रधान भन्छन्, ‘न त उहाँको सार्वजनिक छवि नै राम्रो छ ।’

प्रधानको एउटा सबल पक्ष भनेको उनी विवादमा नपरेका नेता मानिन्छन् । दुई कार्यकाल सांसद रहँदा राष्ट्रिय मुद्दाहरूमा महत्वपूर्ण भूमिका खेलेको उनी बताउँछन् ।

‘केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको गुठी विधेयक विरुद्धको आन्दोलन, खुलामञ्च खाली गर्ने अभियान, रानीपोखरीलाई कंक्रिटको नभई मल्लकालीन शैलीकै बनाउनेलगायत अभियानमा मेरो खास भूमिका थियो’, उनी भन्छन् ।

गत स्थानीय निर्वाचनमा काठमाडौं–६ मा वडाअध्यक्षहरूले ल्याएको दलगत मतमा नेपाली कांग्रेस अगाडि छ । उक्त निर्वाचनमा कांग्रेसको १७ हजार २७७, वाम गठबन्धनमा रहेको एमाले र माओवादी केन्द्रले क्रमशः १४ हजार ३०३ र २ हजार ४६२ मत पाएका छन् ।

प्रधान यसपटक सत्ता गठबन्धनको उम्मेदवार छन् । यो हिसाबले उनी काठमाडौं–६ मा एमालेका प्रत्यासी खनालभन्दा मजबूत देखिन्छन् । कांग्रेसभित्रको विवाद र यो क्षेत्रमा माओवादी केन्द्रमा भएको गडबडी भने उनका चुनौती हुन् ।

काठमाडौं–६ मा चौथो पटक थोपरिएको भन्ने आरोपले पनि प्रधानलाई केही अप्ठ्यारोमा पारेको छ । तर एमालेका प्रतिस्पर्धी खनालको सार्वजनिक छवि राम्रो नहुनु र अराजनीतिक व्यक्ति भएको हुनुले त्यसको फाइदा पुग्ने र तेस्रो पटक जित निकालेर ह्याट्रिक गर्ने दाउमा प्रधान छन् । यसबाट स्वतन्त्र उम्मेदवार शिशिर खनाललाई केही फाइदा पुग्न सक्छ ।  

Full Read

काठमाडौं - ६ का उम्मेदवारहरु

२०७९ २०७४
भिमसेन दास प्रधान
काठमाडौं, काठमाडौं - ६
बर्ष: ६९, पुरुष
गठबन्धन: कांग्रेस गठबन्धन
सर्वेन्द्र खनाल
काठमाडौं, काठमाडौं - ६
बर्ष: ५६, पुरुष
गठबन्धन: एमाले गठबन्धन
मनोज आचार्य
काठमाडौं, काठमाडौं - ६
बर्ष: ४१, पुरुष
गठबन्धन:
विष्णु प्रसाद आचार्य
काठमाडौं, काठमाडौं - ६
बर्ष: ७२, पुरुष
गठबन्धन:
सनक मान महर्जन
काठमाडौं, काठमाडौं - ६
बर्ष: ५६, पुरुष
गठबन्धन:
शिशिर खनाल
काठमाडौं, काठमाडौं - ६
बर्ष: ४३, पुरुष
गठबन्धन:
मुकुन्द सिलवाल
काठमाडौं, काठमाडौं - ६
बर्ष: ३०, पुरुष
गठबन्धन:
तारा रसाइली
काठमाडौं, काठमाडौं - ६
बर्ष: ४९, महिला
गठबन्धन:
अजित खड्का
काठमाडौं, काठमाडौं - ६
बर्ष: ५८, पुरुष
गठबन्धन:
कमल न्यौपाने
काठमाडौं, काठमाडौं - ६
बर्ष: ३५, पुरुष
गठबन्धन:
मह्श्वर कार्की
काठमाडौं, काठमाडौं - ६
बर्ष: ३३, पुरुष
गठबन्धन:
राजेन्द्र खनाल
काठमाडौं, काठमाडौं - ६
बर्ष: ४४, पुरुष
गठबन्धन:
बि‍ष्‍णु प्रसाद ढकाल
काठमाडौं, काठमाडौं - ६
बर्ष: ८५, पुरुष
गठबन्धन:
दिपु उप्रेती
काठमाडौं, काठमाडौं - ६
बर्ष: २८, पुरुष
गठबन्धन:
जनक राज थपलिया
काठमाडौं, काठमाडौं - ६
बर्ष: ६३, पुरुष
गठबन्धन:
संजय मान श्रेष्ठ
काठमाडौं, काठमाडौं - ६
बर्ष: ५४, पुरुष
गठबन्धन:
प्रेमसागर कर्माचार्य
काठमाडौं, काठमाडौं - ६
बर्ष: ५७, पुरुष
गठबन्धन:
निर्देश सिलवाल
काठमाडौं, काठमाडौं - ६
बर्ष: ३२, पुरुष
गठबन्धन:
सानु कान्छा महर्जन
काठमाडौं, काठमाडौं - ६
बर्ष: ५०, पुरुष
गठबन्धन:
बल बहादुर के.सी
काठमाडौं, काठमाडौं - ६
बर्ष: ६४, पुरुष
गठबन्धन:
किरण इङनाम
काठमाडौं, काठमाडौं - ६
बर्ष: ४४, पुरुष
गठबन्धन:
खगेन्द्र ढकाल
काठमाडौं, काठमाडौं - ६
बर्ष: ४७, पुरुष
गठबन्धन:
राजेश श्रेष्ठ (मास्के)
काठमाडौं, काठमाडौं - ६
बर्ष: ५२, पुरुष
गठबन्धन:
काजी कार्की
काठमाडौं, काठमाडौं - ६
बर्ष: ३२, पुरुष
गठबन्धन:
भिमसेन दास प्रधान
काठमाडौं , काठमाडौं - ६
बर्ष: ६४ , पुरुष
गठबन्धन:
नेपाली कांग्रेस
विजयी १६७८५ मत
झक्कु प्रसाद सुवेदी
काठमाडौं , काठमाडौं - ६
बर्ष: ५५ , पुरुष
गठबन्धन:
रमेश चिलुवाल
काठमाडौं , काठमाडौं - ६
बर्ष: ४५ , पुरुष
गठबन्धन:
मान वहादुर महर्जन
काठमाडौं , काठमाडौं - ६
बर्ष: ४८ , पुरुष
गठबन्धन:
बिष्णु बस्नेत
काठमाडौं , काठमाडौं - ६
बर्ष: ३६ , पुरुष
गठबन्धन:
बल बहादुर के.सी
काठमाडौं , काठमाडौं - ६
बर्ष: ५९ , पुरुष
गठबन्धन:
पुन्यवती जोशी
काठमाडौं , काठमाडौं - ६
बर्ष: ३० , महिला
गठबन्धन:
सुविन्द्र बस्नेत
काठमाडौं , काठमाडौं - ६
बर्ष: ४४ , पुरुष
गठबन्धन:

चुनावी समाचार