उदयशम्शेर ज.ब.राणा नेपाली कांग्रेस, ललितपुर - १ पुरुष , ५२ बर्ष उम्मेदवारी : प्रतिनिधिसभा सदस्य

नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशमशेर राणा चौथोपटक ललितपुर निर्वाचन क्षेत्र नं. १ बाट संघीय संसदको चुनावी प्रतिस्पर्धामा छन् । पहिलो संविधानसभा निर्वाचन (२०६४) यता पार्टीबाट निरन्तर टिकट पाउँदै आएका उनी विजयी भने एकपटक मात्र भए ।

तरुण दलका सभापति भइसकेका ५२ वर्षीय राणाले युवावस्थामै राष्ट्रिय चुनाव लड्ने एकपछि अर्को अवसर पाएका थिए, त्यो पनि आफ्नै कार्य क्षेत्रबाट ।

तर, २०६४ सालमा उनी तत्कालीन नेकपा (माओवादी)का वर्षमान पुनबाट पराजित भए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने नेकपा (एमाले)का मधुसूदन पौडेललाई भारी मतले पछाडि पार्दै उनी विजयी भए । नयाँ संविधान जारी भएपछि २०७४ सालमा भएको पहिलो संघीय संसदको निर्वाचनमा उनी पुनः पराजित भए, एमालेकै नवराज सिलवालबाट ।

त्यसो त, २०६४ सालमा सारा माहोल नै माओवादीको पक्षमा थियो भने २०७४ मा मुलुकका दुई ठूला कम्युनिस्ट पार्टी गठबन्धन गरेर चुनावी मैदानमा आएका थिए । त्यो दुवै निर्वाचनमा प्रतिस्पर्धीको ‘मनी, मसल र फन्डा’का कारण आफू हारेको राणाले बताउँदै आएका छन् । यो पटक भने उनले यस्तो ‘एक्सक्युज’ पाउने अवस्था छैन ।

ललितपुरको सेन्ट जेभियर, दार्जीलिङको नर्थप्वाइन्ट र शिमलाको लरेन्स स्कुल हुँदै दिल्लीको सेन्ट स्टिफन कलेज (दिल्लीको विश्वविद्यालय)बाट अर्थशास्त्रमा स्नातक राणाले पहिलो राजनीतिक जिम्मेवारी स्टिफन कलेजमै पाएका थिए, नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघबाट ।

त्यसअनुसार उनी नेपालको प्रजातान्त्रिक आन्दोलनको पक्षमा सेन्ट स्टिफन कलेजका विद्यार्थी र भारतस्थित नेपाली परिचालनमा सक्रिय भए । स्नातक भएर काठमाडौं आएपछि कांग्रेसको तरुण दलमा सक्रिय भए । त्यसको नेतृत्व समेत गरिसकेपछि पार्टी राजनीतिमा जोडिए । त्यहीबीचमा अमेरिकाको कर्नेल युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर गरेका उदयशमशेर राणा नेपाली कांग्रेसका संस्थापक नेतामध्येका सुवर्ण शमशेरका नाति र सागर शमशेरका छोरा हुन् ।

तरुण दलमा काम गर्दा नै आफू ललितपुरका सबै गाविस पुगेको उनी बताउँछन् । २०६४ मा चुनाव लड्दा उनी तरुण दलको केन्द्रीय उपसभापति, २०७० को चुनावमा सभापति थिए ।

दोस्रो संविधानसभामा सभासद रहँदा उनी संसदको अर्थ–समिति सदस्य पनि भए, जसमा उनको विषयविज्ञता थियो । त्यही आधारमा उनले पछि अर्थ राज्यमन्त्रीमा नियुक्ति पाए ।

‘२०७० सालपछि यो क्षेत्रमा मैले सुरु गरेका कतिपय काम अहिलेसम्म सकिएका छैनन् । संविधान निर्माण मुख्य कार्यभार भएको कारण थालेका कामको पनि अनुगमन गर्न सकिएन’ उनी भन्छन्, ‘२०७४ को चुनाव जितेका सांसदबाट पुराना योजनाहरू अघि बढाउन पहल भएन ।’

नयाँ–पुराना सबै विकास निर्माणका काम अगाडि बढाउन पनि आफ्नो उम्मेदवारी परेको राणा बताउँछन् । ललितपुर–१ मा कांग्रेसको बलियो पकड र गठबन्धनको सहयोग उनका लागि चुनावी सहजता पनि हुने देखिन्छ ।

गत वैशाखको स्थानीय निर्वाचनमा यो क्षेत्रका ३० वडामध्ये कांग्रेस एक्लैले २२ र माओवादी केन्द्रले पाँचवटा जितेका छन् । एमालेले तीनवटा वडा जितेको छ । कांग्रेसका वडाअध्यक्षहरूले २३ हजार ८५४, एमालेले १८ हजार ९९३ र माओवादी केन्द्रले ६ हजार १३३ मत पाएको देखिन्छ ।

‘मन्त्री होस् या सांसद हुँदा, कसैले प्रश्न उठाउन सक्ने कमजोरी गरिनँ’ राणा भन्छन्, ‘एक त, भ्रष्टाचार विरोधी आन्दोलन गर्ने जनताले कहिल्यै भ्रष्टाचारमा नमुछिएको व्यक्तिलाई नै मत दिन्छन् भन्ने विश्वास छ ।’

Full Read

ललितपुर - १ का उम्मेदवारहरु

२०७९ २०७४
उदयशम्शेर ज.ब.राणा
ललितपुर, ललितपुर - १
बर्ष: ५२, पुरुष
गठबन्धन: कांग्रेस गठबन्धन
नव राज सिलवाल
ललितपुर, ललितपुर - १
बर्ष: ५९, पुरुष
गठबन्धन: एमाले गठबन्धन
गोपाल राज राई
ललितपुर, ललितपुर - १
बर्ष: ४९, पुरुष
गठबन्धन:
मनिष बहादुर श्रेष्ठ
ललितपुर, ललितपुर - १
बर्ष: ४१, पुरुष
गठबन्धन:
सन्दिप आचार्य
ललितपुर, ललितपुर - १
बर्ष: २७, पुरुष
गठबन्धन:
कविन्द्र डंगोल
ललितपुर, ललितपुर - १
बर्ष: ४३, पुरुष
गठबन्धन:
सचिन कुमार घिमिरे
ललितपुर, ललितपुर - १
बर्ष: ४४, पुरुष
गठबन्धन:
बालकृष्ण घिमिरे
ललितपुर, ललितपुर - १
बर्ष: ५७, पुरुष
गठबन्धन:
सुर्य तामाङ्ग बल
ललितपुर, ललितपुर - १
बर्ष: ३६, पुरुष
गठबन्धन:
सुभद्रा महर्जन
ललितपुर, ललितपुर - १
बर्ष: ४७, महिला
गठबन्धन:
विष्णु लामा
ललितपुर, ललितपुर - १
बर्ष: ३२, महिला
गठबन्धन:
गोविन्द घिमिरे के.सी.
ललितपुर, ललितपुर - १
बर्ष: ४०, पुरुष
गठबन्धन:
सुमन भुम्जन
ललितपुर, ललितपुर - १
बर्ष: २९, पुरुष
गठबन्धन:
राज कुमार तिमिल्सिना
ललितपुर, ललितपुर - १
बर्ष: ४९, पुरुष
गठबन्धन:
फूल माया लो
ललितपुर, ललितपुर - १
बर्ष: ४७, महिला
गठबन्धन:
नवराज घिमिरे
ललितपुर, ललितपुर - १
बर्ष: ४९, पुरुष
गठबन्धन:
विशाल तामाङ
ललितपुर, ललितपुर - १
बर्ष: ४२, पुरुष
गठबन्धन:
भुपेन्द्र सिल्वाल
ललितपुर, ललितपुर - १
बर्ष: ४७, पुरुष
गठबन्धन:
गोकुल तिमल्सिना
ललितपुर, ललितपुर - १
बर्ष: ३२, पुरुष
गठबन्धन:
शैलेन्द्र बिष्ट
ललितपुर, ललितपुर - १
बर्ष: ४१, पुरुष
गठबन्धन:
कृष्‍ण काजी महर्जन
ललितपुर, ललितपुर - १
बर्ष: ५३, पुरुष
गठबन्धन:
नव राज सिलवाल
ललितपुर , ललितपुर - १
बर्ष: ५४ , पुरुष
गठबन्धन:
नेकपा एमाले
विजयी २६९५१ मत
उदय शंशेर ज.ब.राणा
ललितपुर , ललितपुर - १
बर्ष: ४७ , पुरुष
गठबन्धन:
केशव प्रसाद तिमल्सिना
ललितपुर , ललितपुर - १
बर्ष: ४६ , पुरुष
गठबन्धन:
उत्तम कुमार लामा
ललितपुर , ललितपुर - १
बर्ष: ५० , पुरुष
गठबन्धन:
दीपक लामा
ललितपुर , ललितपुर - १
बर्ष: ४२ , पुरुष
गठबन्धन:
आकाश कुमार भुम्जन
ललितपुर , ललितपुर - १
बर्ष: ४२ , पुरुष
गठबन्धन:
गुन बहादुर थापा
ललितपुर , ललितपुर - १
बर्ष: ५० , पुरुष
गठबन्धन:
राजेन्द्र तामाङ
ललितपुर , ललितपुर - १
बर्ष: ३२ , पुरुष
गठबन्धन:
श्याम कुमार घिमिरे
ललितपुर , ललितपुर - १
बर्ष: ४३ , पुरुष
गठबन्धन:
विकास थिंङ तामाङ्ग
ललितपुर , ललितपुर - १
बर्ष: ३४ , पुरुष
गठबन्धन:
रबिन सिल्वाल
ललितपुर , ललितपुर - १
बर्ष: ३८ , पुरुष
गठबन्धन:
टेक प्रसाद बजगाँई
ललितपुर , ललितपुर - १
बर्ष: ४८ , पुरुष
गठबन्धन:
गोकुल तिमल्सिना
ललितपुर , ललितपुर - १
बर्ष: २७ , पुरुष
गठबन्धन:
राम चन्द्र आचार्य
ललितपुर , ललितपुर - १
बर्ष: ५७ , पुरुष
गठबन्धन:

चुनावी समाचार