पम्फा भुसाल माओवादी केन्द्र, ललितपुर - ३ महिला , ६० बर्ष उम्मेदवारी : प्रतिनिधिसभा सदस्य

२०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनताकाको माहोल नै बेग्लै थियो, जसमा नेपाली राजनीतिका बडेबडे खेलाडीलाई सोत्तर पारेर तत्कालीन नेकपा (माओवादी) सबैभन्दा ठूलो दल बन्यो । अहिले भने हारबाट जोगिन त्यही माओवादीका उही अध्यक्ष सुरक्षित निर्वाचन क्षेत्र खोज्दै हिंडेका छन् । अझ शहरी क्षेत्रहरूमा माओवादीप्रतिको सद्भाव ध्वस्तै भएको छ ।

२०६४ सालमा काठमाडौं उपत्यकाका १५ मध्ये ७ निर्वाचन क्षेत्रमा माओवादी विजयी भएको थियो । ललितपुरका त तीनवटै सीट माओवादीले जित्यो । त्यसको ६ वर्षपछि २०७० को दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं उपत्यकामा माओवादी पार्टी ‘सफाया’मै प¥यो । २०७४ को संसदीय चुनावमा भने ललितपुर–३ मा पम्फा भुसालले माओवादीको बीउ जोगाइन् ।

२०७४ को स्थानीय तह चुनावमा उपत्यकामा जम्मा एउटा– ललितपुरकै कोन्ज्योसम गाउँपालिका जितेको माओवादीले गत वैशाखमा भएको दोस्रो स्थानीय निर्वाचनमा त्यो पनि गुमायो । र पनि, उपत्यकामा माओवादीको आशा बाँकी नै छ । त्यसको केन्द्रमा छिन् उनै पम्फा भुसाल । यो यसकारण पनि कि २०६४ सालमा ललितपुर–३ मा माओवादीको झण्डा उठाउने भुसाल नै थिइन् ।

बीचमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग मत बझाएर अर्का नेता मोहन वैद्य ‘किरण’को समूहमा लागेकी उनी २०७० सालको दोस्रो संविधानसभा निर्वाचन बिथोल्ने लाइनमा थिइन् । त्यो निर्वाचनमा मतपेटिका फोर्न नसकेपछि मूल घर फर्किएकी उनी २०७४ को आम निर्वाचनमा ललितपुर–३ बाटै उठेर विजयी भइन् ।

अहिले उनी  नेकपा (माओवादी) बाट माओवादी केन्द्र भएको पार्टीको उपमहासचिव पनि हुन् । कमजोर बन्दै गएको संगठन, पार्टीप्रति बढ्दो विकर्षण र स्वतन्त्रहरूको मौलाउँदो लहरबीचमा विजयको ‘ह्याट्रिक’ गर्न कस्सिएकी नेतृ भुसाल ललितपुर–३ का जनतासँग निरन्तरको सम्पर्क–सम्बन्ध नै आफ्नो मूल शक्ति भएको बताउँछिन् ।

‘मेरो निर्वाचन क्षेत्रमा त्यस्ता कुनै टोल या गल्ली छैनन्, जहाँ म सहजै उपलब्ध नभएको होस्’ उनी भन्छिन्, ‘मन्त्री, सांसद हुँदा होस् या नहुँदा, मकहाँ सजिलै आउन नसक्ने हरेकको घर पुगेर सुख–दुःखमा सँगै उभिएकी छु । उनीहरूको आर्थिक–सांस्कृतिक अधिकारका लागि लडेकी छु ।’

उनको निर्वाचन क्षेत्रमा पर्ने भैंसेपाटी, सातदोबाटो, सुनाकोठी, खुमलटारलगायत क्षेत्रमा पछिल्लो समय उच्च आर्थिक हैसियतका बासिन्दा बढ्दैछन् । त्यो बुझेकी उनी सबैखाले नागरिकको चाहना र आवश्यकताप्रति सचेत रहेको बताउँछिन् । सबै समेटिने गरी शहरी जीवनको आवश्यकता सम्बोधन गर्न खोजेको उनको दाबी छ ।

गठबन्धनको भर

भुसालले ललितपुर–३ मा २०६४ सालमा एमालेका रघुजी पन्तलाई पराजित गरेकी थिइन् । त्यसको १० वर्षपछि २०७४ सालमा भएको आम निर्वाचनमा नेपाली कांग्रेसका मदनबहादुर अमात्यलाई हराइन् । २०७० को दोस्रो संविधानसभा चुनावमा ललितपुर–३ का विजेता थिए, अमात्य ।

२०७४ मा माओवादी–एमाले गठबन्धनबाट जितेकी भुसाललाई यसपटक सत्ता गठबन्धनको साथ–सहयोग छ । गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा ललितपुर–३ मा कांग्रेस र एमालेले बराबरी मत पाएका छन्, माओवादी केन्द्र तेस्रो स्थानमा छ ।

कांग्रेसका वडाअध्यक्षहरूले १९ हजार ७४४, एमालेकाले १९ हजार ७११, माओवादी केन्द्रकाले ७ हजार ९५८ र नेकपा (एकीकृत समाजवादी)ले ५ हजार १२९ मत पाए । गठबन्धनको मत नछरिए यो पटक पनि भुसालले जित्ने यो आँकडाले बताउँछ ।

ललितपुर–३ मा कांग्रेसभित्र आफ्नो बलियो पकड भएको क्षेत्रमा अरूलाई टिकट दिएको भनेर असन्तुष्टि छ ।

यसपटक ललितपुर–३ मा कांग्रेसबाट मदनबहादुर अमात्य र जीतजंग बस्नेतसहित चारजना सिफारिस भएका थिए, तर सत्ता गठबन्धनबाट टिकट पाइन् भुसालले । यसमा ललितपुर कांग्रेसको असन्तुष्टि छिपेन ।

भुसालको मनोनयन दर्तापछि भने सबै चुनाव प्रचारमा सहभागी भएको देखिएको छ । बाहिर देखिएको यो गठबन्धन भावनालाई मत पेटिकामा पु¥याउन सके पम्फा भुसालले ललितपुर–३ मा एमालेका प्रत्यासी अमृत खड्कालाई हराएर ‘ह्याट्रिक’ गर्ने सम्भावना बलियो देखिन्छ ।

Full Read

ललितपुर - ३ का उम्मेदवारहरु

२०७९ २०७४
अमृत खड्का
ललितपुर, ललितपुर - ३
बर्ष: ४९, पुरुष
गठबन्धन: एमाले गठबन्धन
पम्फा भुसाल
ललितपुर, ललितपुर - ३
बर्ष: ६०, महिला
गठबन्धन: कांग्रेस गठबन्धन
किरण शाही
ललितपुर, ललितपुर - ३
बर्ष: ३४, पुरुष
गठबन्धन:
निरन्जन थापा
ललितपुर, ललितपुर - ३
बर्ष: ४०, पुरुष
गठबन्धन:
निरज लवजू
ललितपुर, ललितपुर - ३
बर्ष: ३७, पुरुष
गठबन्धन:
तोसीमा कार्की
ललितपुर, ललितपुर - ३
बर्ष: ३३, महिला
गठबन्धन:
राजा राम तण्डुकार
ललितपुर, ललितपुर - ३
बर्ष: ४९, पुरुष
गठबन्धन:
बिष्‍णु कुमार लिम्‍बु
ललितपुर, ललितपुर - ३
बर्ष: ७०, पुरुष
गठबन्धन:
धिरेन्द्र सोडारी
ललितपुर, ललितपुर - ३
बर्ष: २९, पुरुष
गठबन्धन:
राजेन्द्र प्रसाद ओझा
ललितपुर, ललितपुर - ३
बर्ष: ५६, पुरुष
गठबन्धन:
चिरञ्जीवि सापकोटा
ललितपुर, ललितपुर - ३
बर्ष: ३९, पुरुष
गठबन्धन:
सपना महर्जन
ललितपुर, ललितपुर - ३
बर्ष: ३६, महिला
गठबन्धन:
कविता राई
ललितपुर, ललितपुर - ३
बर्ष: ४४, महिला
गठबन्धन:
रघुनाथ के सी
ललितपुर, ललितपुर - ३
बर्ष: ५६, पुरुष
गठबन्धन:
राधे श्याम खड्का
ललितपुर, ललितपुर - ३
बर्ष: ४६, पुरुष
गठबन्धन:
कृष्ण भक्त ब्रम्हचार्य
ललितपुर, ललितपुर - ३
बर्ष: ५३, पुरुष
गठबन्धन:
चिरन थापा
ललितपुर, ललितपुर - ३
बर्ष: ५१, पुरुष
गठबन्धन:
विष्‍णु महर्जन
ललितपुर, ललितपुर - ३
बर्ष: ४४, पुरुष
गठबन्धन:
जेसन देज वैध्य
ललितपुर, ललितपुर - ३
बर्ष: ४७, पुरुष
गठबन्धन:
संजय महर्जन
ललितपुर, ललितपुर - ३
बर्ष: ३३, पुरुष
गठबन्धन:
पम्फा भुसाल
ललितपुर , ललितपुर - ३
बर्ष: ५५ , महिला
गठबन्धन:
माओवादी केन्द्र
विजयी २४०३६ मत
मदन बहादुर अमात्य
ललितपुर , ललितपुर - ३
बर्ष: ६६ , पुरुष
गठबन्धन:
उज्वल कृष्ण श्रेष्ठ
ललितपुर , ललितपुर - ३
बर्ष: ४६ , पुरुष
गठबन्धन:
दल बहादुर लिम्बु
ललितपुर , ललितपुर - ३
बर्ष: ५६ , पुरुष
गठबन्धन:
हेम राज शाक्य
ललितपुर , ललितपुर - ३
बर्ष: ३३ , पुरुष
गठबन्धन:
गोमा के सी थापा
ललितपुर , ललितपुर - ३
बर्ष: ३७ , महिला
गठबन्धन:
स्वतन्त्र
३०४ मत
रघु थापा मगर
ललितपुर , ललितपुर - ३
बर्ष: ४० , पुरुष
गठबन्धन:
राम लाल महर्जन
ललितपुर , ललितपुर - ३
बर्ष: ३७ , पुरुष
गठबन्धन:

चुनावी समाचार