राम कुमार राई स्वतन्त्र, उदयपुर - २ पुरुष , ५० बर्ष उम्मेदवारी : प्रतिनिधिसभा सदस्य

तत्कालीन कटारी गाविसको कार्यालयमा सिफारिस लिन गएका रामकुमार राईलाई अध्यक्ष सञ्जीव थापाले अड्को थापे ।

‘उहाँले यो कुर्सीमा बसेर काम गर्न गाह्रो छ भन्दै सिफारिस अड्काएपछि गहिरिएर सोचें’ राई भन्छन्, ‘अनि कस्तो हुँदोरहेछ त त्यहाँ बस्दा भनेर मजाले राजनीतिमा लागें ।’

नभन्दै उनी २०५४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट गाविस अध्यक्षमा निर्वाचित भए । त्यतिबेलैदेखि नागरिकता सिफारिस, वन मुद्दाका समस्या, मालपोतलगायत काममा दत्तचित्त भएर काम गरेको राई बताउँछन् ।

अध्यक्ष हुँदा गरेको गाविसभित्र बाँध–तटबन्ध निर्माण, सडक विस्तारमा जनसहभागिता अभियान, वडाहरूलाई मदन भण्डारी राजमार्गमा जोड्न ट्रयाक खोल्नेलगायत कामले आफूलाई लोकप्रिय बनाएको उनको अनुभव छ ।

‘पदावधि सकिएपछि पनि राजनीतिको लागि निरन्तर जनताको काममा लागिरहें’, उनी भन्छन् ।

राईले लामो समय नेपाली कांग्रेसको राजनीति गरे, आफ्नो क्षेत्रमा लोकप्रिय पनि भए । त्यही आधारमा प्रतिनिधिसभामा उठ्ने योजना बनाए, तर पार्टीको क्षेत्रीय सभापति समेत रहेका उनले टिकट पाएनन् ।

अनि स्वतन्त्र उम्मेदवारी दिएका उनले माछो चुनाव चिह्न पाएका छन् । आगामी ४ मंसिरमा उदयपुर–२ मा स्वतन्त्र माछाले चमत्कार गर्ने दाबी उनी गर्छन् । ‘माहोल त्यस्तै छ’, उनले भने । 

पार्टी नेतृत्वले पटक–पटक झुक्काएपछि विद्रोही बन्नुपर्ने बाध्यता आइपरेको राई बताउँछन् । खासमा उनी २०७४ को स्थानीय तह निर्वाचनमा मेयरको आकांक्षी थिए । गत वैशाखमा भएको दोस्रो स्थानीय निर्वाचनमा पनि उनको त्यही इच्छा थियो ।

‘यता जनता जिताउन तयार छन्, उता पार्टीले टिकट दिंदैन’ राईले भने, ‘यसपटक प्रदेशमा टिकट दिने भनेका थिए, तर दिएनन् । अनि संघमै लड्न अघि सरेको हुँ ।’

उनी २ चैत २०२६ मा खोटाङको दुर्छिम–५ मा जन्मिएका हुन् । उनका हजुरबुवा डिल्लीशेर राई पंचायतकालमा मन्त्री भएका थिए । डिल्लीशेरले पंचायतकालमै हालको कटारी–५, बहालामा जग्गा–जमिन जोडेका थिए । 

७ वर्षको हुँदा कटारी झरेका राईले कांग्रेसको क्रियाशील सदस्यता २०४७ सालमै पाएका थिए । उनले कांग्रेसको कार्यालय सचिव, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, जिल्ला सचिव र क्षेत्रीय सभापति भएर काम गरे । जनताको बीचमा बसेर लामो समय काम गर्दा पनि पार्टीले टिकट नदिएको उनको गुनासो छ । 

त्यही कारण स्वतन्त्र उम्मेदवारी दिएका उनले आफूलाई जिताए पाँच वर्ष स्वतन्त्र नै भएर काम गर्ने प्रतिबद्धता मतदाताबीच गरिरहेका छन् । 

उदयपुर–२ मा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा उम्मेदवार छन् । त्यस्तै, नेकपा (एमाले)को प्रदेश कमिटी सचिवालय सदस्य अम्बरबहादुर रायमाझी चुनावी मैदानमा छन् ।

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा उदयपुर–२ मा वडाअध्यक्षहरूले दलगत रूपमा पाएको मतमा एमाले अग्रस्थानमा छ । एमालेले १८ हजार ५७३, कांग्रेसले ११ हजार ३४४, माओवादी केन्द्रले ८ हजार २०२, एकीकृत समाजवादीले ३ हजार ४२७ र स्वतन्त्र उम्मेदवारहरूले ५ हजार ५७४ मत पाएका थिए ।

यो अंकगणित अनुसार गठबन्धनसँग २२ हजार ९७३ मत छ । स्थानीय तह र संघीय निर्वाचनको उम्मेदवारी प्रवृत्ति र मतदाताको मनोविज्ञान फरक हुनेहुँदा परिणामबारे अड्कल काट्न मुश्किल छ ।

उदयपुरको दुई निर्वाचन क्षेत्रमध्ये २ मा यसपटक दुई कम्युनिस्ट नेताको रणनीतिबीचमा कट्टर कांग्रेस भनेर चिनिएका रामकुमार राईको चलखेल चलिरहेको छ । मतपत्रमा रूख चिह्न नहुनु उनको लागि अनुकूलता बनेको छ । सत्ता गठबन्धनको बल र दह्रो जनाधार भएका प्रतिस्पर्धी बीचबाट विजयी भएर निस्कनु चाहिं यी बागीलाई निकै चुनौतीपूर्ण देखिन्छ, बलियै भए पनि ।

Full Read

उदयपुर - २ का उम्मेदवारहरु

२०७९ २०७४
अम्वर बहादुर रायामाझी
उदयपुर, उदयपुर - २
बर्ष: ५३, पुरुष
गठबन्धन: एमाले गठबन्धन
सिद्धान्त राई
उदयपुर, उदयपुर - २
बर्ष: ४३, पुरुष
गठबन्धन:
जगन्नाथ खतिवडा
उदयपुर, उदयपुर - २
बर्ष: ६०, पुरुष
गठबन्धन: कांग्रेस गठबन्धन
वन्सिधर न्यौपाने
उदयपुर, उदयपुर - २
बर्ष: ४७, पुरुष
गठबन्धन:
पुर्ण बहादुर बुढाथोकी
उदयपुर, उदयपुर - २
बर्ष: ३७, पुरुष
गठबन्धन:
अनिल कुमार श्रेष्ठ
उदयपुर, उदयपुर - २
बर्ष: ५०, पुरुष
गठबन्धन:
लोकेन्द्र बहादुर कार्की
उदयपुर, उदयपुर - २
बर्ष: ४६, पुरुष
गठबन्धन:
केशव बहादुर पाण्डे
उदयपुर, उदयपुर - २
बर्ष: ६८, पुरुष
गठबन्धन:
भाष्कर राई
उदयपुर, उदयपुर - २
बर्ष: ३७, पुरुष
गठबन्धन:
राम कुमार राई
उदयपुर, उदयपुर - २
बर्ष: ५०, पुरुष
गठबन्धन:
राम मणि पौडेल
उदयपुर, उदयपुर - २
बर्ष: ५३, पुरुष
गठबन्धन:
विन्दा कुमारी कटुवाल
उदयपुर, उदयपुर - २
बर्ष: ५१, महिला
गठबन्धन:
सुरेश कुमार राई
उदयपुर , उदयपुर - २
बर्ष: ४१ , पुरुष
गठबन्धन:
माओवादी केन्द्र
विजयी २२५५१ मत
नारायण बहादुर कार्कि
उदयपुर , उदयपुर - २
बर्ष: ६८ , पुरुष
गठबन्धन:
विष्णु बहादुर राई दनुवार
उदयपुर , उदयपुर - २
बर्ष: ५४ , पुरुष
गठबन्धन:
खुम्ब राज खत्री
उदयपुर , उदयपुर - २
बर्ष: ४३ , पुरुष
गठबन्धन:

चुनावी समाचार