इश्वर पोखरेल नेकपा एमाले, काठमाडौं - ५ पुरुष , ६८ बर्ष उम्मेदवारी : प्रतिनिधिसभा सदस्य

२० माघ २०१० मा ओखलढुंगामा जन्मिएका ईश्वर पोखरेल अहिले टोखा, काठमाडौंका स्थायी बासिन्दा हुन् । 

स्नातक तहसम्मको अध्ययन पूरा गरेका उनी २०२४ देखि राजनीतिमा छन् । उनले २०२७ सालमा १७ वर्षकै उमेरमा नेपाल कम्युनिस्ट पार्टी (पूर्व कोशी प्रान्तीय कमिटी)को सदस्यता पाएका थिए ।

२०३० सालबाट भूमिगत राजनीति सुरु गरेका पोखरेल २०३५ मा नेकपा (माले)को संस्थापक केन्द्रीय सदस्य बने । माले र नेकपा (माक्र्सवादी) मिलेर २०४७ मा बनेको नेकपा (एमाले)मा उनी पोलिटब्यूरो र स्थायी समिति सदस्य भए । उनी २०६५ र २०७० को पार्टी महाधिवेशनबाट महासचिवमा निर्वाचित भए ।  

२०५१ सालमा एमालेको अल्पमतको सरकार बन्दा प्रधानमन्त्री मनमोहन अधिकारीको प्रमुख राजनीतिक सल्लाहकारको भूमिका निभाएका पोखरेलले राजनीतिक जीवनमा १५ वर्ष भूमिगत र पटक–पटक गरी दुई वर्ष जेल जीवन बिताए ।  

३ जेठ २०७५ एमाले र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय सदस्य पोखरेल पार्टी विभाजनपछि चितवनमा भएको एमालेको १०औं महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित भए ।

पोखरेलको संसदीय यात्रा २०५४ मा राष्ट्रिय सभा सदस्यको रूपमा भएको थियो । २०५६ सालको संसदीय निर्वाचनमा उनी काठमाडौं–३ बाट निर्वाचित भए । उनी मन्त्री भने २०६१ मा मात्र बने, नेपाली कांग्रेसका शेरबहादुर देउवा नेतृत्वको सरकारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ।

त्यसपछि उनी २०६९ जेठमा १३ दिन उपप्रधानसहित उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बने । 

२०७४ को निर्वाचनमा पोखरेल काठमाडौं–५ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि २०७४ फागुनमा उपप्रधान एवं रक्षामन्त्री भए, २०७८ असारसम्म ।

पोखरेलका ‘माघ १९’ र ‘पूर्वको रातो तारा’ पुस्तक प्रकाशित छन् ।

प्रतिकूलता-अनुकूलता

एमालेको बलियो संगठन भएको र २०७४ मा जितेको काठमाडौं–५ बाट उम्मेदवार बन्नु ईश्वर पोखरेलको लागि अनुकूलता देखिन्छ । गत स्थानीय तह निर्वाचनमा वडाअध्यक्षहरूले काठमाडौं–५ मा पार्टीगत रूपमा पाएको मतको आँकडाले पनि त्यही बताउँछ ।

उक्त निर्वाचनमा एमालेले १९ हजार २२९, नेपाली कांग्रेसले १४ हजार ५३२, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २ हजार ७३९, नेकपा (एकीकृत समाजवादी) ले १ हजार ५५३ र नेकपा (माओवादी केन्द्र)ले १ हजार १३९ मत पाएका थिए । पुराना राजनीतिक खेलाडी पोखरेलले २ हजार ७३९ मत आफ्नो पक्षमा डोल्याउन राप्रपासँग तालमेल गरेका छन् ।

पार्टीभित्र सधैं संस्थापन बनेर नेतृत्व रिझाएका पोखरेललाई निर्वाचनमा जनता रिझाउने चुनौती छ । त्यसमाथि, सामाजिक सञ्जालमा ‘भर्चुअल पर्सेप्सन’मा उनको नकारात्मक छवि बनेको छ । खास गरेर नयाँ पुस्ताका मतदाता यस्तो ‘भर्चुअल पर्सेप्सन’मा देखिन्छन् ।

यसपटक पोखरेलको प्रतिस्पर्धा नेपाली कांग्रेसका प्रदीप पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका डा. प्रणय राणा, रञ्जु दर्शनालगायत स्वतन्त्र उम्मेदवारसँग हुँदैछ । यी सबै नयाँ, युवा र अहिलेका तुलनात्मक रूपमा लोकप्रिय नाम हुन् । यिनीहरूले एमालेबाट निराश मत तान्न सक्छन् । 

लामो समय सत्तामा रजगज गरेको अनुभवले यसै पनि नकारात्मक असर पार्ने परिवेश अहिले छ । फेरि, कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापन केन्द्र (सीसीएमसी)को नेतृत्वमा रहँदा धेरै आलोचित भएका थिए, तत्कालीन उपप्रधान तथा रक्षामन्त्री पोखरेल । त्यसबाट सिर्जित प्रतिकूलता अहिले उनलाई छ ।

पोखरेलले विजय दोहो¥याउन एमालेको पुरानो मत छरिन नदिई त्यसमा नयाँ मत जोड्नुपर्ने हुन्छ । पार्टी–संगठनको शक्ति र काठमाडौं–५ का जनतासँग चुनावअघिको उनको सम्पर्क–सम्बन्ध चाहिं सबल पक्ष छँदैछ ।  

Full Read

काठमाडौं - ५ का उम्मेदवारहरु

२०७९ २०७४
प्रदीप पौडेल
काठमाडौं, काठमाडौं - ५
बर्ष: ४७, पुरुष
गठबन्धन: कांग्रेस गठबन्धन
इश्वर पोखरेल
काठमाडौं, काठमाडौं - ५
बर्ष: ६८, पुरुष
गठबन्धन: एमाले गठबन्धन
भिम बहादुर मगर
काठमाडौं, काठमाडौं - ५
बर्ष: ४६, पुरुष
गठबन्धन:
दानिन्द्र जोशी
काठमाडौं, काठमाडौं - ५
बर्ष: ४६, पुरुष
गठबन्धन:
राम प्रसाद उप्रेती
काठमाडौं, काठमाडौं - ५
बर्ष: ६४, पुरुष
गठबन्धन:
शैलेश डंगोल
काठमाडौं, काठमाडौं - ५
बर्ष: ४०, पुरुष
गठबन्धन:
डा.प्रणय शम्शेर राणा
काठमाडौं, काठमाडौं - ५
बर्ष: ३८, पुरुष
गठबन्धन:
मधु सुदन पाठक
काठमाडौं, काठमाडौं - ५
बर्ष: ३४, पुरुष
गठबन्धन:
राम कृष्ण परियार
काठमाडौं, काठमाडौं - ५
बर्ष: ५२, पुरुष
गठबन्धन:
सागर ख्रडका
काठमाडौं, काठमाडौं - ५
बर्ष: ३७, पुरुष
गठबन्धन:
लवली थापा
काठमाडौं, काठमाडौं - ५
बर्ष: ३८, महिला
गठबन्धन:
राजु विष्ट
काठमाडौं, काठमाडौं - ५
बर्ष: ५४, पुरुष
गठबन्धन:
श्रीराम गुरुङ
काठमाडौं, काठमाडौं - ५
बर्ष: ३९, पुरुष
गठबन्धन:
विनिता अर्याल
काठमाडौं, काठमाडौं - ५
बर्ष: ३१, महिला
गठबन्धन:
बाबु राम पोखरेल
काठमाडौं, काठमाडौं - ५
बर्ष: ४५, पुरुष
गठबन्धन:
गोपीलाल न्यौपाने
काठमाडौं, काठमाडौं - ५
बर्ष: ५७, पुरुष
गठबन्धन:
सुशान्त श्रेष्ठ
काठमाडौं, काठमाडौं - ५
बर्ष: ३३, पुरुष
गठबन्धन:
कृष्ण राज श्रेष्ठ
काठमाडौं, काठमाडौं - ५
बर्ष: ४६, पुरुष
गठबन्धन:
बिजय कंडेल
काठमाडौं, काठमाडौं - ५
बर्ष: ३८, पुरुष
गठबन्धन:
शान्तिराम पाण्डे
काठमाडौं, काठमाडौं - ५
बर्ष: ६१, पुरुष
गठबन्धन:
कुमार कोइराला
काठमाडौं, काठमाडौं - ५
बर्ष: ५३, पुरुष
गठबन्धन:
नारायण प्रसाद दाहाल
काठमाडौं, काठमाडौं - ५
बर्ष: ६०, पुरुष
गठबन्धन:
रन्‍जु न्‍यौपाने
काठमाडौं, काठमाडौं - ५
बर्ष: २७, महिला
गठबन्धन:
शैलेन्द्र बस्नेत
काठमाडौं, काठमाडौं - ५
बर्ष: ४०, पुरुष
गठबन्धन:
हेमराज थापा
काठमाडौं, काठमाडौं - ५
बर्ष: ३०, पुरुष
गठबन्धन:
रमेश केसी
काठमाडौं, काठमाडौं - ५
बर्ष: ४४, पुरुष
गठबन्धन:
टिक माया गुरुङ्ग
काठमाडौं, काठमाडौं - ५
बर्ष: ५७, महिला
गठबन्धन:
दिपक सिंह
काठमाडौं, काठमाडौं - ५
बर्ष: ४६, पुरुष
गठबन्धन:
इश्वर पोखरेल
काठमाडौं , काठमाडौं - ५
बर्ष: ६३ , पुरुष
गठबन्धन:
नेकपा एमाले
विजयी २३०२९ मत
प्रकाश शरण महत
काठमाडौं , काठमाडौं - ५
बर्ष: ५८ , पुरुष
गठबन्धन:
उज्वल बहादुर थापा
काठमाडौं , काठमाडौं - ५
बर्ष: ४० , पुरुष
गठबन्धन:
शारदा मल्ल राजभण्डारी
काठमाडौं , काठमाडौं - ५
बर्ष: ५७ , महिला
गठबन्धन:
लक्ष्मी राई
काठमाडौं , काठमाडौं - ५
बर्ष: ५० , महिला
गठबन्धन:
रमा विष्‍ट
काठमाडौं , काठमाडौं - ५
बर्ष: ५२ , महिला
गठबन्धन:
गीता भट्टराई
काठमाडौं , काठमाडौं - ५
बर्ष: ५३ , महिला
गठबन्धन:
भरत कुमार राई
काठमाडौं , काठमाडौं - ५
बर्ष: ३२ , पुरुष
गठबन्धन:

चुनावी समाचार