कृष्ण गोपाल श्रेष्ठ नेकपा एमाले, काठमाडौं - ९ पुरुष , ६४ बर्ष उम्मेदवारी : प्रतिनिधिसभा सदस्य

नेकपा (एमाले)का कृष्णगोपाल श्रेष्ठ पञ्चायती व्यवस्था विघटनपछि काठमाडौंमा लगातार आठौं पटक संसदीय निर्वाचन लड्न पाउने नेता बनेका छन् । उनी २०४९, २०५१ र २०७४ सालका आम निर्वाचनमा विजयी बने ।

२०४९ सालमा काठमाडौंका दुई क्षेत्रबाट विजयी नेकपा (एमाले)का तत्कालीन महासचिव मदनकुमार भण्डारीले छाडेको क्षेत्र नं. ५ को उपनिर्वाचनमा श्रेष्ठ विजयी भएका थिए ।

२०७० सालको निर्वाचनपछि एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले छाडेको काठमाडौं–२ को उपनिर्वाचन (२०७१) मा भने उनी पराजित भए । त्यस्तै, २०५६ को संसदीय तथा २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा पनि उनी पराजित भए ।

२०१५ असोज १५ गते विजयादशमीको दिन जन्मिएका श्रेष्ठलाई यसपटक एमालेले काठमाडौं–९ बाट आठौं पटक उठाएर जय–पराजय बराबरी बनाउने अवसर दिएको छ ।

२०३७ सालमा अनेरास्ववियुले आयोजना गरेको नेपाल बन्दमा सहभागी भएर राजनीति सुरु गरेका उनी त्यसयता पटक–पटक जेल परे । लामो समय एमाले केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी सम्हालेका उनी पार्टीबाट पर्याप्त अवसर पाउने नेतामा पर्छन् ।

उनी स्थायी विकास राज्यमन्त्री, वन तथा वातावरण मन्त्री, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, युवा तथा खेलकुद मन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्री, शहरी विकास मन्त्री र शिक्षा मन्त्री भइसकेका छन् ।

हाल काठमाडौं–१५, बल्खुका स्थायी बासिन्दा उनको बाल्यकाल भने गरिबी र अभावमा बितेको थियो । सानैबाट प्रगतिशील विचारधाराको प्रभावमा आएका उनले दुःख र संघर्षकैबीच अर्थशास्त्रमा स्नातकोत्तर गरे ।

२०७४ को संसदीय चुनावमा श्रेष्ठले काठमाडौं–९ मा नेपाली कांग्रेसका ध्यानगोविन्द रञ्जितलाई ८ हजार ५० मतले पराजित गरेका थिए । श्रेष्ठले २२ हजार ८५२ र रञ्जितले १४ हजार ८०२ मत पाएका थिए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने रञ्जितबाट श्रेष्ठ पराजित भए । त्यो बेला कांग्रेसका रञ्जितले १४ हजार ४८३ र एमालेका श्रेष्ठले १३ हजार १०० मत पाएका थिए ।

२०७४ को संसदीय चुनावमा काठमाडौं–९ मा तेस्रो धेरै ४ हजार ९४६ मत पाएका तत्कालीन विवेकशील साझा पार्टीका मिलन पाण्डे पनि प्रतिस्पर्धामा छन्– साझा पार्टी, नेपालको तर्फबाट ।

त्यस्तै, सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)की कल्पना धमला मैदानमा छिन् । काठमाडौं–९ मा माओवादी केन्द्रको पकड कमजोर रहेकोले पूर्वमन्त्री र पार्टीमा पोलिटब्युरो सदस्य समेत रहेकी धमला गठबन्धनको भरोसामा चुनावी मैदानमा छिन् ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा यो क्षेत्रबाट दलगत रूपमा वडाअध्यक्षहरू मार्फत कांग्रेसले १९ हजार ९१६, एमालेले १९ हजार २८२, तत्कालीन विवेकशील साझा पार्टीले ४ हजार ९४६, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २ हजार ४०१, नेपाल मजदूर किसान पार्टी (नेमकिपा)ले ७१६ र माओवादी केन्द्रले ६९५ मत पाएका छन् ।

राप्रपाले यसपटक देवेन्द्र प्रधानलाई उठाएको छ । यहाँ डा. ज्ञान बस्नेत, सुनिल रिमाललगायत १० जना स्वतन्त्र उम्मेदवार छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पनि मैदानमा छन् ।

स्थानीय तह चुनावमा जस्तै स्वतन्त्रको लहर चले वा माओवादी केन्द्रकी कल्पना धमलाले गठबन्धनका सबै दलको मत तान्न सके श्रेष्ठ अप्ठ्यारोमा पर्न सक्ने देखिन्छ । केपी ओली नेतृत्वको सरकारमा शिक्षामन्त्री रहँदा उनले दिएका अभिव्यक्ति र गरेका जातीय विभेदजनक क्रियाकलापका भिडिओ क्लिपहरू अहिले सामाजिक सञ्जालमा भाइरल छन् । यसले नयाँ पुस्ताको मत प्रभावित गर्न सक्छ ।

विभागीय मन्त्रीको रूपमा त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्न पाएका श्रेष्ठले ‘केपी ओलीलाई हटाउने कोही माइका लाल छ ?’ भन्दै पटक–पटक गरेको लल्कारले खास गरेर युवा पुस्ताको मत प्रभावित बनाउने सम्भावना छ ।

त्यस्तै, रूपा सुनार प्रकरणमा पनि उनी जातीय छुवाछूतको पक्षमा वकालत गरेर विवादित बनेका थिए । सुनारलाई जातीय विभेद गरेको भनिएकी सरस्वती प्रधानलाई तत्कालीन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ आफैं गएर प्रचलित कानुन विपरित प्रहरी नियन्त्रणबाट छुटाएका थिए । यो पृष्ठभूमिमा उनको भोट प्रभावित हुने जोखिम देखिन्छ ।

मतदातासँग नियमित घुलमिलमा रहनु चाहिं श्रेष्ठको विशेषता नै हो, जसले उनलाई आठौं स्पर्धामा चौथो विजय निकाल्न सक्षम बनाउन पनि सक्छ ।

Full Read

काठमाडौं - ९ का उम्मेदवारहरु

२०७९ २०७४
कृष्ण गोपाल श्रेष्ठ
काठमाडौं, काठमाडौं - ९
बर्ष: ६४, पुरुष
गठबन्धन: एमाले गठबन्धन
कल्पना धमला
काठमाडौं, काठमाडौं - ९
बर्ष: ४७, महिला
गठबन्धन: कांग्रेस गठबन्धन
शर्मिला सुवाल (डंगोल)
काठमाडौं, काठमाडौं - ९
बर्ष: ४६, महिला
गठबन्धन:
प्रजुल जोशी
काठमाडौं, काठमाडौं - ९
बर्ष: ३७, पुरुष
गठबन्धन:
देवेन्द्र प्रधान
काठमाडौं, काठमाडौं - ९
बर्ष: ५१, पुरुष
गठबन्धन:
सुमन महर्जन
काठमाडौं, काठमाडौं - ९
बर्ष: ४३, पुरुष
गठबन्धन:
टेक बहादुर पोखरेल
काठमाडौं, काठमाडौं - ९
बर्ष: ५८, पुरुष
गठबन्धन:
ईरस श्रेष्‍ठ
काठमाडौं, काठमाडौं - ९
बर्ष: ३९, पुरुष
गठबन्धन:
रमेश थापा
काठमाडौं, काठमाडौं - ९
बर्ष: ३९, पुरुष
गठबन्धन:
उजला स्थापित
काठमाडौं, काठमाडौं - ९
बर्ष: ३३, महिला
गठबन्धन:
अम्बिका थापा
काठमाडौं, काठमाडौं - ९
बर्ष: ४१, महिला
गठबन्धन:
मिलन पाण्‍डे
काठमाडौं, काठमाडौं - ९
बर्ष: ३३, पुरुष
गठबन्धन:
उद्धव रोक्का
काठमाडौं, काठमाडौं - ९
बर्ष: ४६, पुरुष
गठबन्धन:
डा. ज्ञान बहादुर बस्नेत
काठमाडौं, काठमाडौं - ९
बर्ष: ४५, पुरुष
गठबन्धन:
भाइ राजा भण्‍डारी
काठमाडौं, काठमाडौं - ९
बर्ष: ४६, पुरुष
गठबन्धन:
लक्ष्‍मण सिंह खड्‍का
काठमाडौं, काठमाडौं - ९
बर्ष: ७३, पुरुष
गठबन्धन:
सुनील रिजाल
काठमाडौं, काठमाडौं - ९
बर्ष: ३१, पुरुष
गठबन्धन:
रचना श्रेष्ठ
काठमाडौं, काठमाडौं - ९
बर्ष: ३९, पुरुष
गठबन्धन:
गणेश थापा
काठमाडौं, काठमाडौं - ९
बर्ष: ३८, पुरुष
गठबन्धन:
राम कुमार रिजाल
काठमाडौं, काठमाडौं - ९
बर्ष: ६१, पुरुष
गठबन्धन:
मधु कार्की
काठमाडौं, काठमाडौं - ९
बर्ष: ३६, महिला
गठबन्धन:
राजेन्द्र पसाद पाठक
काठमाडौं, काठमाडौं - ९
बर्ष: ४९, पुरुष
गठबन्धन:
कृष्ण गोपाल श्रेष्ठ
काठमाडौं , काठमाडौं - ९
बर्ष: ५९ , पुरुष
गठबन्धन:
नेकपा एमाले
विजयी २२८५२ मत
ध्यान गोविन्द रंजित
काठमाडौं , काठमाडौं - ९
बर्ष: ७० , पुरुष
गठबन्धन:
मिलन पाण्‍डे
काठमाडौं , काठमाडौं - ९
बर्ष: २८ , पुरुष
गठबन्धन:
शर्मिला सुवाल (डंगोल)
काठमाडौं , काठमाडौं - ९
बर्ष: ४१ , महिला
गठबन्धन:
भीम कुमार महर्जन
काठमाडौं , काठमाडौं - ९
बर्ष: ५१ , पुरुष
गठबन्धन:
किरण श्रेष्‍ठ
काठमाडौं , काठमाडौं - ९
बर्ष: ३८ , पुरुष
गठबन्धन:

चुनावी समाचार