राम शरण वस्नेत नेकपा एमाले, गोरखा - १ पुरुष , ६० बर्ष उम्मेदवारी : प्रतिनिधिसभा सदस्य

२०१८ सालमा गोरखाको घलाङमा जन्मिएका रामशरण बस्नेत ८ कक्षामा पढ्दा नै नेपाल राष्ट्रिय विद्यार्थी फेडेरेशन (बर्मा समूह)को सदस्य भएका थिए । २०३९ सालसम्म आइपुग्दा नेपाल राष्ट्रिय स्वतन्त्र होटल मजदूर युनियनको अध्यक्ष भएका बस्नेत २०४२/४३ सालमा काठमाडौंको पिपुल्स कलेजमा अनेरास्ववियूको सह–सचिवमा निर्वाचित भए । त्यसपछि अनेरास्ववियूको राष्ट्रिय प्रतिनिधि परिषद सदस्य बने ।

२०४६ सालको आन्दोलनमा घाइते भएका बस्नेत २०४९ मा गोरखाको नारेश्वर गाविस अध्यक्ष भए । २०५२ सालमा नेकपा (एमाले)को जिल्ला कमिटी सचिवालय सदस्य निर्वाचित बस्नेत त्यसपछि जिल्ला कमिटी उपसचिव, सल्लाहकार समिति अध्यक्ष हुँदै दुई पटक जिल्ला कमिटी अध्यक्ष भए । अहिले उनी पार्टीको केन्द्रीय सदस्य छन् ।

२०७४ सालको आमनिर्वाचनमा गोरखा–१ (ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित उनी गण्डकी प्रदेश सरकारमा भौतिक पूर्वाधार मन्त्री समेत बने । मन्त्री भएको मौकामा सडक नै नपुगेको आफ्नो घर–खेत छेउको खोलामा पुल बनाएकोमा उनी निकै आलोचित भए ।

तिनै बस्नेत यसपटक गोरखा–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । २०७४ को प्रदेश सभा चुनावमा वाम गठबन्धनको बलमा उनले पराजित गरेका नेपाली कांग्रेसका राजेन्द्र बजगाईं अहिले उनको प्रतिस्पर्धी छन् । यसपटक बस्नेत अघिल्लो जित जोगाउने प्रयासमा छन् भने सत्ता गठबन्धनका उम्मेदवार बजगाईं पराजयको बदला लिने दाउमा । 

‘गठबन्धन सरकार बनेको डेढ वर्ष पुग्न लागिसक्यो, जनताले राहत र नयाँपन महसुस गर्न पाएका छैनन्’ बस्नेत भन्छन्, ‘हाम्रो कार्यकालमा त जिल्लाको भौतिक संरचना विकासमा कुनै कमि राखेनौं । जनताले त्यसको मूल्यांकन गर्नेछन् । यो नै मेरो जितको आधार हो ।’

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनको अंकगणित भने बस्नेतको लागि प्रतिकूल छ । उक्त चुनावमा गोरखा–१ मा वडाअध्यक्षहरूले दलगत रूपमा पाएको मतमा नेपाली कांग्रेस अगाडि छ । कांग्रेसले २७ हजार ८४, माओवादी केन्द्रले २५ हजार ४७२, एमालेले १४ हजार ५६६ र जसपाले २ हजार ७५४ मत प्राप्त गरेका थिए ।

यसरी नेपाली कांग्रेसका बजगाईं स्थानीय निर्वाचनमा गठबन्धनले पाएको ५५ हजार ३१० मतसहित अखडामा आउँदा बस्नेतको केवल १४ हजार ५६६ मतको आधार देखिन्छ ।

Full Read

गोरखा - १ का उम्मेदवारहरु

२०७९ २०७४
राजेन्द्र बजगाई
गोरखा, गोरखा - १
बर्ष: ४९, पुरुष
गठबन्धन: कांग्रेस गठबन्धन
राम शरण वस्नेत
गोरखा, गोरखा - १
बर्ष: ६०, पुरुष
गठबन्धन: एमाले गठबन्धन
रुपेश राना
गोरखा, गोरखा - १
बर्ष: ३६, पुरुष
गठबन्धन:
उदय प्रसाद भट्ट
गोरखा, गोरखा - १
बर्ष: ४७, पुरुष
गठबन्धन:
लिला कुमारी बुढाथोकी
गोरखा, गोरखा - १
बर्ष: ५०, महिला
गठबन्धन:
सुवर्ण रोकाहा
गोरखा, गोरखा - १
बर्ष: ४३, पुरुष
गठबन्धन:
देव बहादुर थापा
गोरखा, गोरखा - १
बर्ष: २६, पुरुष
गठबन्धन:
मिन कुमार श्रेष्ठ
गोरखा, गोरखा - १
बर्ष: ३८, पुरुष
गठबन्धन:
उत्तर बहादुर खड्का
गोरखा, गोरखा - १
बर्ष: ५१, पुरुष
गठबन्धन:
बिष्णु पुडासैनी
गोरखा, गोरखा - १
बर्ष: २८, पुरुष
गठबन्धन:
हरि राज अधिकारी
गोरखा , गोरखा - १
बर्ष: ४९ , पुरुष
गठबन्धन:
माओवादी केन्द्र
विजयी २९८६० मत
चिनकाजी श्रेष्ठ
गोरखा , गोरखा - १
बर्ष: ६८ , पुरुष
गठबन्धन:
दिपेन्द्र गुरुङ
गोरखा , गोरखा - १
बर्ष: ३० , पुरुष
गठबन्धन:
अमृत पुडासेनी
गोरखा , गोरखा - १
बर्ष: ३३ , पुरुष
गठबन्धन:

चुनावी समाचार