अर्जुन प्रसाद जोशी नेपाली कांग्रेस, पर्वत - १ पुरुष , ६६ बर्ष उम्मेदवारी : प्रतिनिधिसभा सदस्य

लगातार तीन पटक आम निर्वाचन जितेर केन्द्रमा पर्वतको प्रतिनिधित्व गर्ने अवसर पाएका भाग्यमानी नेता हुन्, अर्जुनप्रसाद जोशी । २०५६ सालको संसदीय निर्वाचनमा पहिलो पटक जितेका नेपाली कांग्रेसका जोशीले २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा पर्वतबाट विजयीको 'हृयाट्रिक' गरे ।

तीन पटक चुनाव जित्दा पनि मन्त्री बन्ने अवसर नपाएका उनलाई ०७४ मा भने चुनाव अनुकल भएन ।

नेकपा एमालेले नयाँ पदम गिरीलाई उम्मेदवार बनायो र वाम गठबन्धनको साथ पाएका उनले चुनाव पनि जिते । नेकपा एमाले पर्वत जिल्ला अध्यक्ष समेत रहेका गिरी १२ हजार ४५६ मतको अन्तरले विजयी भएका थिए ।

अघिल्लो पटक गिरीसँग रहेको माओवादी यो पटक जोशीको साथमा छ । सत्ता गठबन्धनको बलमा उनी गिरीसँग पराजयको बदला लिन चाहन्छन् ।

एक लाख २२ हजार ५० मतदाता रहेको पर्वतमा नेपाली कांग्रेस (बीपी), राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दल र स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन् । ३० वैशाखको स्थानीय निर्वाचनमा एमाले ३५ हजार ७१६, कांग्रेसले २९ हजार ३४४, नेकपा (माओवादी केन्द्र )ले ५ हजार ३६१, नेकपा एकीकृत समाजवादीले ५४६ र स्वतन्त्र उम्मेदवारले २ हजार ४१२ मत पाएका थिए । यो आँकडाले यसपटक तीव्र प्रतिस्पर्धा हुने देखाउँछ ।

भाइ युवराजलाई नै जिल्ला सभापति बनाएको, एकछत्र हालीमुहाली गरेको भन्दै असन्तुष्ट बनेका आफ्नै पार्टीका नेता-कार्यकर्तालाई फकाउनु र गठबन्धनको मत जोगाउनुपर्ने चुनौतीमा छन् जोशी । यी दुवै अप्ठ्यारो पन्छाउन सके जोशीको चुनावी डुंगा पार हुने सम्भावना बढी छ ।

को हुन् जोशी ?

२०१३ साल १३ असारमा जन्मिएका जोशी कुश्मा-४, पर्वतका स्थायी बासिन्दा हुन् । नेपाली कांग्रेस पर्वतका पुराना नेता अमृत जोशीका सन्तान उनी जन्मजात कांग्रेस हुन् । राजनीतिक परिवारमा हुर्किएका जोशी पोखराको पृथ्वीनारायण क्याम्पसका स्नातक र काठमाडौंको त्रिभुवन विश्वविद्यालयका स्नातकोत्तर हुन् । केही समय काठमाडौंको आरआर क्याम्पसमा प्राध्यापन गर्दा उनी प्रजातान्त्रिक प्राध्यापक संघको सचिव पनि बने ।

२०४६ सालको जनआन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका जोशी २०४८ सालदेखि २०६४ सम्म १६ वर्ष लगातार नेपाली कांग्रेस पर्वतको नेतृत्व गरे । २०६२ देखि २०७४ सम्म केन्द्रीय कार्य समिति सदस्य बने ।

१३औं महाधिवेशनमा उनी शेरबहादुर देउवा क्याम्पमा गए । देउवाले पनि केन्द्रीय समितिमा मनोनीत गरेर गुन लगाए । गत वर्ष कांग्रेसको १४औं महाधिवेशनमा कांग्रेसको गण्डकी प्रदेश सभापतिमा भने उनी पाका नेता शुक्रराज शर्मासँग ८५ मतले पराजित भए ।

Full Read

पर्वत - १ का उम्मेदवारहरु

२०७९ २०७४
अर्जुन प्रसाद जोशी
पर्वत, पर्वत - १
बर्ष: ६६, पुरुष
गठबन्धन: कांग्रेस गठबन्धन
पदम गिरी
पर्वत, पर्वत - १
बर्ष: ४५, पुरुष
गठबन्धन: एमाले गठबन्धन
दिपक बहादुर मल्ल
पर्वत, पर्वत - १
बर्ष: ४२, पुरुष
गठबन्धन:
जाल बहादुर पुर्जा पुन
पर्वत, पर्वत - १
बर्ष: ३३, पुरुष
गठबन्धन:
देवाखर भट्टराई
पर्वत, पर्वत - १
बर्ष: ३८, पुरुष
गठबन्धन:
बल बहादुर थापा
पर्वत, पर्वत - १
बर्ष: ७२, पुरुष
गठबन्धन:
भगवती पौडेल
पर्वत, पर्वत - १
बर्ष: ६६, महिला
गठबन्धन:
ठाकुर प्रसाद भुसाल
पर्वत, पर्वत - १
बर्ष: ६३, पुरुष
गठबन्धन:
बर्ष: ३७, पुरुष
गठबन्धन:
अरुण पौडेल
पर्वत, पर्वत - १
बर्ष: ४६, पुरुष
गठबन्धन:
सीता देबी शर्मा
पर्वत, पर्वत - १
बर्ष: ३९, महिला
गठबन्धन:
सावित्री शर्मा
पर्वत, पर्वत - १
बर्ष: ३१, महिला
गठबन्धन:

चुनावी समाचार