विराज भक्त श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी, काठमाडौं - ८ पुरुष , ४१ बर्ष उम्मेदवारी : प्रतिनिधिसभा सदस्य

काठमाडौं क्षेत्र नं. ८ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका विराजभक्त श्रेष्ठ पहिला विवेकशील साझा पार्टीमा थिए । उनी २०७४ सालको निर्वाचनअघि उज्ज्वल थापासँगै विवेकशील साझाको अभियानमा लागे ।

२०७२ सालको महाभूकम्पपछि श्रेष्ठ राहत र उद्धार अभियानमा संलग्न भए । त्यसबेला उनले नेतृत्व गरेको स्वयंसेवक टोलीले राहत संकलन, वितरण र उद्धार अभियानसँगै मुस्ताङ र बर्दिवास जिल्लामा विपन्न समुदायका लागि स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।

श्रेष्ठले त्यो बेला वातावरण संरक्षणका लागि ‘फोर्स नेपाल’ संस्था खोलेर वृक्षरोपणको लागि ‘वान ट्री–मेरो जिम्मेवारी’ अभियान पनि चलाइरहेका थिए ।

उनी विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य थिए । समानुपातिक सूचीबाट वागमती प्रदेशसभा सदस्य बन्न पुगेका उनले गरेका कामबारे वार्षिक प्रतिवेदन सार्वजनिक गरे ।

‘पाँच वर्ष प्रदेश सभामा रहँदा नेपाल भाषा र तामाङ भाषालाई वागमती प्रदेश सरकारको कामकाजको भाषा बनाउने कानुन पारित गराउन खास भूमिका खेलेजस्तो लाग्छ’ श्रेष्ठ भन्छन्, ‘पारदर्शिता होस् भनेर आफूले गरेको कामबारे प्रतिवेदन निकालें, हरेक वर्ष ।’

संघीय सरकारले गुठी विधेयक सदनमा पेश गरेपछि सरोकारवाला समुदाय आन्दोलित हुँदा आफूले सडक र प्रदेश सभा दुवै ठाउँबाट विधेयकको विरोध गरेको श्रेष्ठ बताउँछन् ।

उनले वागमती प्रदेश सभाको उद्योग, पर्यटन, वन तथा वातावरण समितिमा रहेर काम गरे । सदनको उद्योग समितिद्वारा गठित पर्यटन मन्त्रालयसम्बन्धी सुझाव कार्यदलको संयोजक पनि रहे उनी ।

नेपाल तेक्वान्दो संघ, काष्ठमण्डप पुनर्निर्माण समिति र हनुमानढोका दरबार क्षेत्र व्यवस्थापन कार्यदलमा रहेर काम गरेको अनुभव पनि छ ‘बिजनेस एड्मिनिस्ट्रेशन’का स्नातक उनीसँग ।

काठमाडौं ८ कै बासिन्दा श्रेष्ठले अध्ययनपछि आर्थिक रूपमा सक्षम रहन होटल–रेस्टुरेन्टहरू चलाए । विभिन्न अस्पताल, कम्पनी र परियोजनामा व्यवस्थापकको जागिर पनि खाए । कामसँगै राजनीतिमा सक्रिय उनी विवेकशील साझाका तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले राजावादी दस्तावेज ल्याएपछि पार्टीबाट अलग भए ।

श्रेष्ठ अहिले रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यमा उठेका हुन् । उनको प्रतिस्पर्धा नेकपा (एमाले)का कृष्णगोपाल श्रेष्ठ र माओवादी केन्द्रकी कल्पना धमलासँग हुँदैछ । श्रेष्ठसँग बलियो पार्टी संगठन छ भने धमलालाई सत्ता गठबन्धनको साथ ।

गत स्थानीय तह निर्वाचनमा काठमाडौं–८ मा दलगत रूपमा वडाअध्यक्षहरूले ल्याएको मतमा नेपाली कांग्रेस अगाडि छ । कांग्रेसले १० हजार ८७२, एमालेले ९ हजार २५३, एकीकृत समाजवादीले ५ हजार १४२ र माओवादी केन्द्रले १८९ मत पाएका छन् ।

विराजभक्त श्रेष्ठसँग भने न बलियो पार्टी संगठन छ न त गठबन्धनको बल । दलहरूको रवैयाबाट निराश भए पनि उनीहरूलाई भोट दिइरहेका मतदातालाई आफू भरपर्दो विकल्प भएकोमा आश्वस्त पार्ने चुनौती छ उनलाई ।  

Full Read

काठमाडौं - ८ का उम्मेदवारहरु

२०७९ २०७४
शिव सुन्दर राजवैद्य
काठमाडौं, काठमाडौं - ८
बर्ष: ६५, पुरुष
गठबन्धन: एमाले गठबन्धन
मनोज कुमार खड्गी(नेवा)
काठमाडौं, काठमाडौं - ८
बर्ष: ५१, पुरुष
गठबन्धन:
जीवन राम श्रेष्‍ठ
काठमाडौं, काठमाडौं - ८
बर्ष: ५६, पुरुष
गठबन्धन: कांग्रेस गठबन्धन
सन्तोष देउला
काठमाडौं, काठमाडौं - ८
बर्ष: ३५, पुरुष
गठबन्धन:
प्रकाश रिमाल
काठमाडौं, काठमाडौं - ८
बर्ष: ५०, पुरुष
गठबन्धन:
कृष्ण माया मानन्धर
काठमाडौं, काठमाडौं - ८
बर्ष: ४७, महिला
गठबन्धन:
विराज भक्त श्रेष्ठ
काठमाडौं, काठमाडौं - ८
बर्ष: ४१, पुरुष
गठबन्धन:
सुमन सायमी
काठमाडौं, काठमाडौं - ८
बर्ष: ४९, पुरुष
गठबन्धन:
शान्त बहादुर शाक्य
काठमाडौं, काठमाडौं - ८
बर्ष: ५३, पुरुष
गठबन्धन:
रेख कुमार गुरुङ
काठमाडौं, काठमाडौं - ८
बर्ष: ६२, पुरुष
गठबन्धन:
रमेश कुमार डंगोल
काठमाडौं, काठमाडौं - ८
बर्ष: ६५, पुरुष
गठबन्धन:
राजेन्द्र थापा
काठमाडौं, काठमाडौं - ८
बर्ष: ४६, पुरुष
गठबन्धन:
छत्र कुमार पाख्रिन
काठमाडौं, काठमाडौं - ८
बर्ष: ४०, पुरुष
गठबन्धन:
दुर्गा देवी महर्जन
काठमाडौं, काठमाडौं - ८
बर्ष: ३९, महिला
गठबन्धन:
दीपक प्रसाद खनाल
काठमाडौं, काठमाडौं - ८
बर्ष: ६३, पुरुष
गठबन्धन:
हेमराज बराल
काठमाडौं, काठमाडौं - ८
बर्ष: ३८, पुरुष
गठबन्धन:
सुमन कुमार बलामी
काठमाडौं, काठमाडौं - ८
बर्ष: ३७, पुरुष
गठबन्धन:
रेशम वहादुर सुनार
काठमाडौं, काठमाडौं - ८
बर्ष: ५३, पुरुष
गठबन्धन:
विजय डंगोल
काठमाडौं, काठमाडौं - ८
बर्ष: ४७, पुरुष
गठबन्धन:
जीवन राम श्रेष्‍ठ
काठमाडौं , काठमाडौं - ८
बर्ष: ५१ , पुरुष
गठबन्धन:
नेकपा एमाले
विजयी १३३९७ मत
नविन्द्र राज जोशी
काठमाडौं , काठमाडौं - ८
बर्ष: ५६ , पुरुष
गठबन्धन:
पुकार बम
काठमाडौं , काठमाडौं - ८
बर्ष: ३० , पुरुष
गठबन्धन:
केशव प्रसाद तझया
काठमाडौं , काठमाडौं - ८
बर्ष: ५७ , पुरुष
गठबन्धन:

चुनावी समाचार